लमजुङमा क्रियाशील साहित्यिक संस्था लिस्नो साहित्यिक मञ्च लमजुङको आठौँ स्थापना दिवस तथा सातौं साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ ।
बेंसीशहरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै साहित्यिक मञ्चको नयाँ कार्य समिति समेत चयन गरिएको छ ।
मञ्चले आर्थिक वर्ष २०८१/०८२ को कवि प्रतिभा प्ररस्कारबाट बेंसीशहर नगरपालिका ११, चिती निवासी रुद्रनिधी तिवारीलाई सम्मान गरेको छ । नेपाली भाषा, कला र साहित्यमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाउनुका साथै सम्मानपत्रसहित नगद ५ हजार रुपैयाँ प्रदान गरी उनलाई सम्मान गरिएको हो ।
उनलाई मञ्चका अध्यक्ष काजीराम बस्नेत, साहित्यकार मातृकाप्रसाद खनाल, मञ्चका संरक्षक बसन्त अधिकारीले पुरस्करकारसहित सम्मान गरेको हो । मञ्चले बाल प्रतिभा छनौट अन्तरगत आर्थिक वर्ष २०८१/०८२ को बाल प्रतिभाबाट बेंसीशहरस्थित ल्याण्ड स्टार अंग्रेजी बोर्डिङ स्कुलकी गरिमा घले र अर्थली प्याराडाइज स्कुलकी याना श्रेष्ठलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कर्मदा सहित्य मञ्च पाउँदीका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, चिती साहित्य समाजका ज्ञानशाली पन्त, मकैडाँडा साहित्य समाजका बावुराम बोहरा, साहित्यकार हरिप्रसाद अधिकारी, जन्मदिनमा वृक्षारोपण अभियानका सस्थापक अध्यक्ष बासुदेव सेढाईं, लिस्नो साहित्यिक मञ्चका वरिष्ठ उपाध्यक्ष देवीदास वराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधरण सभामा संस्थाका अध्यक्ष काजीराम वस्नेतले प्रगति प्रतिवेदन र संरक्षक बसन्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्चका उपाध्यक्ष कमला दनाईंले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सहसचिव सूर्यकला थापाले गरेकी थिइन् ।
लिस्नो साहित्यिक मञ्चको नयाँ कार्य समिति
यसैबीच लिस्नो साहित्यिक मञ्चको नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनले संस्थाको संरक्षकमा बसन्त अधिकारीे रहने गरी नयाँ कार्य समिति गठन गरेको हो ।
नवगठित समितिको अध्यक्षमा कमला दनाईं चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा देवीदास वराल, सचिव दिपक पाण्डे, सहसचिव भरतबावु घिमिरे र कोषाध्यक्षमा चिजा सुयल चयन भएका छन् ।
सदस्यहरुमा लिलावती बराल, विनिता देवकोटा, कृष्ण भुजेल, शिवदेवी बराल, तीर्थ गुरुङ र सरस्वती भट्ट रहेका छन् । सल्लाहकारमा बासुदेव थापा, राजु थापा, काजीराम वस्नेत, बासुदेव सेढाईं, लक्ष्मीप्रसाद मिश्र र हरिप्रसाद अधिकारी चयन गरिएका छन् ।
साधरण सभामा संस्थाका अध्यक्ष काजीराम वस्नेतले प्रगति प्रतिवेदन र संरक्षक बसन्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्चका उपाध्यक्ष कमला दनाईंले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सहसचिव सूर्यकला थापाले गरेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ २१:४८