बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन शाखाको आयोजनामा लन्डनमा यसवर्षको २५६९ औं बुद्ध जयन्ती भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
हेज एन्ड हार्लिङ्टन कम्युनिटी क्लवमा आयोजना गरिएको औपचारिक कार्यक्रमको इकाई अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, ट्रष्टी डा. कपिल रिजाल, इकाईका संस्थापक अध्यक्ष गमरसिङ गुरुङ, काउन्सिलर विष्णु गुरुङ, इकाईका प्रमुख सल्लाहकार नारायण गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा दोरजिन लामा लुङ्ग्रििङ ङिमा रिन्पोछे, खेंपोलगायतले बुद्धवचन बाचन गरेका थिए ।

उनले बुद्ध जयन्तीको महिमाबारे जानकारी गराउँदै पञ्चशील, शरीर, वचन, मनले गर्ने अकुशल कर्मबारे जानकारी गराउँदै वाङ (अभिशेक) दिएका थिए । यसको नेपालीमा अनुवाद गुम्बाका प्रमुख लामा खेन्पो सेल्नाङ गुरु र बीडीई अफ गोर्खाजका धर्मगुरु खेन्पो छेवाङ गुरुले गरेका थिए ।

कार्यक्रमको सुरुमा कार्यक्रम संयोजक देव गुरुङले सुरक्षा तथा कार्यक्रमबारे जानकारी गराएका थिए । आमा सचिव हेलिशा गुरुङले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष गोपाल तामाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्वमेयर अफ हन्स्लो, बीसीसी यूके आमा संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा अध्यक्ष जगना गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, महासचिव मेजर कुमार गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ, हर्कबहादुर गुरुङ, ट्रष्टी मेजर खिम गौचन, पूर्वआमा प्रमुख ईन्द्र गुरुङ, तमू धीं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा अध्यक्ष कमलादेवी गुरुङ, लमजुङ समाजका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, आमा प्रमुख तारा गुरुङ, चारभन्ज्याङ तममू समाज यूकेका फर्ष्ट लेडी तारा गुरुङलगायतको उपस्थिति थियो ।

कार्यक्रममा लन्डनको अक्सब्रिज क्षेत्रमा गुम्बाका लागि एउटा प्रोपर्टी प्राप्त हुने भएको जानकारी गराउँदै प्रोपर्टी कोअर्डिनेटर नारायणप्रसाद गुरुङले यसबारे विस्तृत विवरण जानकारी गराएका थिए । उक्त दिनमा १ हजार बढी पाउन्ड दान दिएर ७ जना ट्रष्टी सदस्य बनेका छन् ।

कार्यक्रमको व्यवस्थापनमा आमा अध्यक्ष दिलमाया गुरुङको नेतृत्वमा उपाध्यक्ष बिनु गुरुङ, सुन्दरी तामाङ साथै कोषाध्यक्ष जगत गुरुङ, सहकोषाध्यक्ष अमर गुरुङलगायतले सक्रिय रुपमा खटिएका थिए ।