सुन धातु हो, जसमा कहिल्यै खिया लाग्दैन । सुन सधैँ चम्किन्छ अनि सधैँ अमूल्य रहन्छ । तर यदि कतै सुनमै खिया देखियो भने त्यो पक्कै सुन होइन–त्यो त नक्कली धातु हो, जसलाई कसैले धोका दिनका लागि सुन भनेर दिएको हो ।
जीवन र सम्बन्ध पनि त्यस्तै छन् । हामीले साथी, आफन्त र प्रियजनलाई सुनजस्तै मूल्यवान् ठान्छौं । तर कहिलेकाहीँ त्यो सुनमै खिया लाग्छ–विश्वासमा दरार आउँछ, सम्बन्धमा धोका हुन्छ अनि हामी अन्धकारमा लड्छौं । यही सत्यलाई सम्झाउने एउटा सम्बन्धको वर्णन हो ‘खिया लागेको सुन’ ।
सम्बन्धको चमकः
जीवन सुनजस्तै चम्किन्छ जब वरिपरि सच्चा साथी, मायालु परिवार र इमानदार सम्बन्ध हुन्छन् । सुनको चमकजस्तै सम्बन्धले पनि जीवन उज्यालो बनाउँछ । मित्रताको उज्यालोमा पीडाका अँध्यारो हराउँछन् अनि मायाको स्पर्शमा दुःख हल्का हुन्छन् । हामी सबैलाई सुन उत्तिकै महत्त्व हुन्छ तर त्यसलाई खारिएको सुन जस्तै भएर सम्बन्ध चम्काउन सक्नुपर्छ । नकली धातुको (नक्कली सुन) जस्तो चकचके सम्बन्धले मात्र झिलिमिली देखाउँछ भित्रभित्रै भने आत्मालाई थकाइ र निराशा दिन्छ । त्यसैले सम्बन्धलाई सुनजस्तै शुद्ध र चम्किलो बनाउन मनले जोगाउनुपर्छ । जीवनको कठिन यात्रामा असल सम्बन्ध नै अमूल्य खजाना हो रहेछ ।
धेरै सम्पत्ति र पद भए पनि साँचो मित्र र परिवारको साथबिना त्यो जीवन मूल्यवान सुनविहीन हुनेछ । जसरी रातमा चन्द्रमाले उज्यालो दिन्छ, त्यसरी नै कठिन परिस्थितिमा असल सम्बन्धले आत्मामा उज्यालो भरिदिन्छ । यो चमकलाई जोगाउन जीवनमा निरन्तर माया, समय र ध्यान दिनुपर्छ ।
खियाले ढाकिएका सम्बन्धः
सुनमा खिया लाग्दैन त्यो हामी सबैलाई थाहा छ तर मानिसको सम्बन्धमा खिया लाग्छ, कसरी रु त्यो खिया कहिलेकाहीँ असत्य बोल्दा लाग्छ, कहिलेकाहीँ वचनभंग गर्दा, धेरैपटक लोभ गर्दै, स्वार्थ र ईष्र्याले सम्बन्धलाई खियाले ढाकेको हुन्छ । एउटा असत्य शब्दले वर्षौँको विश्वासलाई खिया लगाइदिन सक्छ । जस्तो ताजै फूलमा झरेको धुलोले सुन्दरतामा दाग लगाएको हुन्छ, त्यस्तै सानो गल्तीले सम्बन्धलाई कमजोर बनाएको पनि देखिएको नै छ । त्यसैले खिया लागेको सम्बन्धलाई सचेत भएर सफा गर्नुपर्छ, नत्र त्यो नक्कली सुनझैँ सम्बन्ध भत्किन्छ ।
धेरैपटक सम्बन्धमा खिया लगाउने कारण हो अविश्वास, आत्मकेन्द्रित सोच र अहंकार । दुईवटा व्यक्तिबीच संवाद रोकियो भने सम्बन्धमा खिया लाग्न थालेको हुन्छ । सानो तीतो कुरालाई चुपचाप दबाएर राख्दा त्यो तीतोपनले हृदयमा पनि खिया जमाएको हुन्छ । त्यसैले सम्बन्धलाई बलियो बनाउन सानो असन्तुष्टि पनि समयमै पखाल्नुपर्छ जस्तै पुरानो सुनलाई फोहोरबाट सफा गर्ने गरिन्छ ।
सम्बन्ध नक्कली र सक्कलीः
सुन सक्कली वा नक्कली छुट्याउन सुन परीक्षक ९सुनार० कहाँ लैजानुपर्छ । तर, सम्बन्धको परीक्षक हाम्रो विवेक र हृदय हो । कसले आत्माको गहिराइसम्म माया गर्छ र कसले केवल स्वार्थको लागि सम्बन्ध चम्किलो बनाउँछ, त्यो समयले देखाइदिन्छ । सुखमा हजार साथी भेटिन्छन् भने दुःखमा मात्र साँचो साथी भेटिन्छ । जसरी नक्कली सुन सस्तो चमकसँगै हराउँछ, त्यस्तै नक्कली सम्बन्ध पनि पीडाको क्षणमा हराइ जान्छ । त्यसैले मनका आँखाले सम्बन्धको परिक्षण गर्नुपर्छ । सक्कलीलाई जीवनभर अँगाल्नु पर्छ, नक्कलीलाई शान्त हृदयले टाढा पठाउनु पर्छ । कसैको बोली होइन व्यवहार र निरन्तरताले उसको सच्चाइ देखाउँछ । साँचो सम्बन्ध परीक्षणको घडीमा टुट्दैन, उल्टै अझ बलियो बन्छ । ‘झरीमा जरा गहिरो बनाउने रुखझैँ, दुःखमा अझ नजिक हुने साथी नै खिया नलाग्ने सुन हो’ ।
मेरो तर्फबाट समाजलाई चेतावनीः
ख्याल गर्नु भएको छ रु आजको समाजमा सुनभन्दा बढी नक्कली सुन भेटिन्छ । चमकले मानिसलाई अन्धो बनाइदिएको छ । सामाजिक सञ्जालमा सबैजना सुनझैँ देखिन थालेका छ्न तर, भित्रभित्रै एक खाले ईष्र्या, घमण्ड र अहमता भएका व्यक्ति पाइन्छ । धेरै सम्बन्धहरू केवल देखावटी हुन्छन्, जसमा खियाले सबै मूल्य ध्वस्त बनाइदिन्छ । त्यसैले आज आवश्यक छ, विवेकको ज्योति बाल्नु, हृदयको आवाज सुन्नु र सम्बन्धलाई परीक्षण गर्नु । सुनमा खिया लाग्दैन तर सम्बन्धमा खिया लाग्छ भन्ने चेतावनी आजको पुस्ताले बुझ्न जरुरी छ ।
समाजमा झूटो चमकको भीडमा असल सम्बन्ध पहिचान गर्न अझै कठिन हुँदै गएको छ । पैसाले, शक्तिले वा पदले बनेका सम्बन्धहरू स्थायी हुँदैनन्, ती केवल अस्थायी चमक हुन् भन्ने हामीले बुझ्न जरुरी देखिन्छ । असल सम्बन्ध भने मूल्यमा होइन, मनको सत्यतामा टिकाउनु पर्छ । त्यसैले आजको पुस्ताले बाहिरको चमकमा होइन भित्रको शुद्धतामा विश्वास गर्नुपर्ने देखिन्छ ।
अन्त्यमाः शुद्ध सम्बन्ध बनाऔंः
जीवन छोटो छ । यसलाई नक्कली सुनसँग बाँधेर खेर फाल्नु हुदैन । साँचो सम्बन्ध, साँचो माया र साँचो साथी नै जीवनको अमूल्य सुन हो । जसरी सुनलाई सुरक्षित राख्न निरन्तर जतन गर्नुपर्छ, त्यस्तै सम्बन्धलाई पनि विश्वास, इमानदारी र माया आवश्यक हुन्छ । खिया लागेको सुन किनेर फस्नु मूर्खता हो, त्यस्तै खियाले ढाकिएको सम्बन्धलाई च्यापेर बस्नु पनि पीडा हो । त्यसैले असल सम्बन्ध अँगालौँ, नक्कलीलाई त्यागौँ, अनि जीवनलाई असली सुनझैँ शुद्ध र चम्किलो बनाऔँ ।
जीवनको अन्त्यमा सम्पत्ति होइन सम्बन्धले नै सबै भन्द ठूलो साथ दिन्छ । धनी वा गरिब, उच्च वा निम्न, सबैलाई अन्ततः साँचो माया र सम्बन्धको खाँचो हुन्छ । यदि हामीले साँचो सम्बन्ध सुरक्षित राख्न सक्यौँ भने त्यो नै हाम्रो जीवनको असली तथा सक्कली सुन हो जसमा कहिल्यै खिया लाग्दैन । त्यसैले आजैदेखि हाम्रो मन, मस्तिष्क र हृदयमा निर्णय गरौँ असल सम्बन्धलाई माया गरौँ नकलीलाई छोडौँ अनि जीवनलाई सुनझैँ शुद्ध मूल्यवान् र अमर बनाऔँ । धन्यवाद ।
लेखकः क्व्होलासोथार गाउँपालिका ४, भुजुङ, लमजुङ निवासी हुन् ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १८:१४